logo

२०८३ कार्तिक १० सोमबार

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा


खबर सर्कल
  • मंगलबार, २८ साउन २०८२
  • 1.4K
    SHARES

    दमौली (तनहुँ), २७ साउन : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताउनुभएको छ । सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताउनुभयो ।

    सभापति देउवाले भन्नुभयो, “पार्टीका लागि सहिद भएकाको परिवारलाई पार्टीले सधैँ हेर्छ । उच्च मूल्याङ्कन गर्छ ।” उहाँले विसं २००७ देखि नै लोकतन्त्रका लागि तनहुँबाट धेरैले ज्यान गुमाएको स्मरण गर्दै देशका लागि ज्यान गुमाउनेहरूको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “त्यस्तै बलिदान दिनेमध्ये सहिद कल्याण खनाल हुनुहुन्थ्यो । देशका लागि जीवन बलिदानी दिने साथीहरूले देखाएको बाटोमा अगाडि बढ्नुपर्छ ।

    उहाँहरूले देखाएको बाटोमा अगाडि बढेमात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ ।” सभापति देउवाले सहिद कल्याण खनाललाई व्यक्तिगत रूपमा चिनेको बताउँदै तत्कालीन अवस्थामा उहाँले आफूलाई धेरै सहयोग गरेको स्मरण गर्नुभयो । सो अवसरमा सभापति देउवाले सहिद कल्याण खनालको सम्झनामा निर्माण गरिएको अर्धकदको सालिकको अनावरण गर्नुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend