logo

२०८३ कार्तिक १० सोमबार

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : सञ्चारमन्त्री

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : सञ्चारमन्त्री


खबर सर्कल
  • बुधबार, २९ साउन २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, २८ साउन : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ ।

    स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले विकास र समृद्धिका पक्षमा प्रमुख दुई ठू्रला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको बताउनुभयो ।

    उहाँले देशमा अहिले स्थिर सरकार भएकाले लगानीको वातावरण बनेको प्रसङ्ग उल्लेख गर्दै रोजगारीसहित आर्थिक समृद्धि र विकासका पक्षमा अग्रसर हुन उद्यमीव्यवसायीसँग अनुरोध गर्नुभयो ।

    कार्यक्रममा मन्त्री गुरुङले रु दुई लाख राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गर्नुभयो । स्वाबलम्बन विकास केन्द्रले यस वर्षका लागि सो पुरस्कार सो संस्थालाई दिने निर्णय गरेको थियो ।

    यसैगरी मन्त्री गुरुङले रु दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल उद्यमीसमेत रहनुभएका सांसद योगेन्द्र मण्डललाई प्रदान गर्नुभयो ।

    सोही अवसरमा जनही रु ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend