logo

२०८३ कार्तिक १० सोमबार

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित

नेपाल भौगर्भिक समाजको अध्यक्षमा खतिवडा निर्वाचित


खबर सर्कल
  • शनिबार, ३२ साउन २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ ३१ साउन : नेपाल भौगर्भिक समाजको अध्यक्षमा भाष्कर खतिवडा निर्वाचित हुनुभएको छ । समाजको गए राति सम्पन्न मतगणनाअनुसार खतिवडाले ४६० मत ल्याएर विजयी हुनुभएको हो ।

    उहाँका निकटतम प्रतिद्वन्द्वी प्रा डा खुमनारायण पौडेलले ३६६ मत प्राप्त गर्नुभयो । यस्तै, उपाध्यक्षमा डा वसन्तराज अधिकारी र महासचिवमा शिवकुमार बाँस्कोटा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक नारायण बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

    यसैगरी, उपमहासचिवमा गोविन्द ओझा ४२३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कृष्ण पाण्डेले ३७६ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा सुमिला पौडेल र सदस्यमा विनोद केसी, रोशन न्यौपाने र धीरेन्द्रप्रसाद पाण्डे निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक बाँस्कोटाले बताउनुभयो ।

    कूल एक हजार १४२ सदस्य रहेको उक्त समाजको शुक्रबार विद्युतीय माध्यमबाट भएको मतदानमा ८३४ जनाले मतदानमा भाग लिएका थिए । उक्त समाजको कार्यकाल दुई वर्षको हुनेछ । नवनिर्वाचित अध्यक्ष खतिवडाले सबै भूगर्भविद्लाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend