logo

२०८३ कार्तिक १० सोमबार

पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा

पूर्वगृहमन्त्री लामिछाने नख्खु कारागारमा


खबर सर्कल
  • शनिबार, ३२ साउन २०८२
  • 1.5K
    SHARES

    पाटन (ललितपुर), ३१ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको छ ।

    सहकारी ठगीको अभियोगमा पूर्पक्षका लागि भैरहवा कारागारमा थुनामा रहेका लामिछानेलाई आज साँझ नख्खु ल्याइएको कारागार प्रमुख भीम कोइरालाले जानकारी दिनुभयो ।

    कारागारमा सरुवाका लागि लामिछानेले दिएको निवेदनका आधारमा भैरहवा कारागारबाट निवेदन दिएका थिए ।

    सोही आधारमा अदालतको अनुमतिपश्चात् उहाँलाई नख्खु कारागार ल्याइएको उहाँले बताउनुभयो ।

    प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकालले हवाईमार्गबाट काठमाडौंँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै लामिछानेलाई नख्खु कारागारमा ल्याइएको बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend