logo

२०८३ कार्तिक १० सोमबार

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन


खबर सर्कल
  • शनिबार, ३२ साउन २०८२
  • 1.7K
    SHARES

    मकवानपुर, ३१ साउनः जिल्लाको काठमाडौँ-हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भिमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खसेर गतरातिदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ ।

    गएराति ठूलो ढुङ्गा र रुखसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक आज साँझ पहिरो पन्छ्याएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    यसैगरी हेटौँडाबाट कुलेखानी हुँदै सिस्नेरी भएर काठमाडौँ जाने मार्गको इन्द्रसरोबर गाउँपालिका-३ ज्यामिरेमा आज बिहान ९ः३० बजे ढुङ्गासहित सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

    पहिरो पन्छ्याउने पहल भइरहे पनि लगातार पहिरो खसिरहेकाले समस्या भइरहेको प्रहरीले जनाएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend