इन्भेष्टिगेशन जर्नालिजम (नाथम : २)
काठमाडौँ। नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान ( नाथम) मा कोअर्डिनेटर हटाएको कारणले केहि बिधार्थीहरु आन्दोलनरत छन तर उक्त पद नाथमको कर्मचारी सेवा शर्त नियमावली,२०६१ अनुसुचि १ (नियम ४) अनुसार पद नि नरहेको पाइन्छ।
प्रतिष्ठानका अनुसार नाथम नियमावलीमा कोअर्डिनेटर पद नभएकोले बिधार्थीहरुलाई थप सहज बनाउनको निमित्त आबश्यकता अनुसार राख्न वा हटाउन सक्ने गरि आन्तरिक प्रयोजनको निम्ति मात्र कोअर्डिनेटर पद स्थापना गरिएको थियो।
पुर्व कार्यकारी निर्देशक राजेश उप्रेती ले मनलाग्दी तरिकाबाट कोअर्डिनेटर लाई थप सहज बनाउने बहानामा चार सहायक कोअर्डिनेटर नियुक्ति गरि एउटै प्रतिष्ठानमा सात कोअर्डिनेटर बनाएका थिए।
प्रतिष्ठानमा आबश्यकता भन्दा बढी कोअर्डिनेटर संस्थालाई भार पर्ने भन्दै हालका कार्यकारी निर्देशक नरद कुमार लुइँटेलले ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट (बीटीटीएम) कार्यक्रम कोअर्डिनेटरको जिम्मेवारी हेरफेर गरि सिफ्ट ईन्चार्ज तोकेका छन् ।
सिफ्ट ईन्चार्ज तोक्दा पाँच जना कर्मचारीको जिम्मेवारी दुई जना कर्मचारीले गर्न सक्ने र संस्थालाई भार कम पर्ने तर बिधार्थीहरुलाई बिशेष प्राथमिकताका साथ सहज बाताबरण बनाउने लुइँटेलको दाबी छ।
कोअर्डिनेटर पद नभए पनि शिक्षकले चाहेमा आफ्नो सिप, ज्ञान र प्रतिभाको श्रेत्रमा कुनै कमि नराख्ने बिश्वास धेरै बिधार्थीहरुले लिएको पाइन्छ।
सोही प्रतिष्ठानमा बि.टि.टि.एम अध्ययनरत बिधार्थीहरु आफ्नो श्रेत्रमा शिक्षक एवम् कोअर्डिनेटरले साथ सहयोग गर्नेमा बिश्वास ब्यक्त गर्छन।
बि.एच.एम श्रेत्रमा केहि विद्यार्थीहरु लाई प्रयोग गरि आफ्नो पद जोगाउन आन्दोलन गराएको आरोपमा समेत छ।
बिशेष श्रोतका अनुसार बि.एच.एम श्रेत्रमा कोअर्डिनेटर हटाउनुको कारण प्रशासनिक चलखेल एबम आथिक अनियमिता रहेको र प्रतिष्ठानलाई आथिक भार बाट जोगाउन र तफ क्षेति बाट बचाउनु हो भन्ने दावी छ।
( नोट: बि.एच.एम. कोअर्डिनेटर लाई जिम्मेवारी बाट हटाउनु कारण सहित आन्दोलन को बिशेष जानकारी इन्भेष्टिगेशन जर्नालिजम (नाथम:३) मा पढ्नु होला।)
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend