चितवन, १ भदौः नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा अवरुद्ध भएको सडक खुलेको छ ।
इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा आज बिहान सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएसँगै सडकमा दुईतर्फी यातायात सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका जानकारी दिनुभयो ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend