logo

२०८३ कार्तिक १० सोमबार

नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध

नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध


खबर सर्कल
  • आइतबार, १ भाद्र २०८२
  • 1.4K
    SHARES

    चितवन, १ भदौः नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ ।

    इच्छाकामना गाउँपालिका–५ तुइँनखोला नजिकै आज बिहान ९ः३० बजे आसपासमा पहिरो खस्दा पूर्ण रुपमा अवरुद्ध भएको हो ।

    आज बिहान ४ः२० बजे खसेको पहिरो पन्छाएसँगै बिहान ८ बजेदेखि सडकमा यातायात सञ्चालनमा आएको थियो ।

    त्यसलगत्तै सोही स्थानमा फेरि पहिरो खस्दा यातायात सञ्चालन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयो ।

    अहिले पहिरो पन्छाउने काम भइरहेको उहाँको भनाइ छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend