logo

२०८३ कार्तिक १० सोमबार

पहिरोले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध

पहिरोले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड अवरुद्ध


खबर सर्कल
  • आइतबार, १ भाद्र २०८२
  • 1.6K
    SHARES

    मान्म (कालीकोट), १ भदौः पहिरोका कारण कर्णाली राजमार्गको कालीकोट सडकखण्डका ठाउँठाउँमा यातायात अवरुद्ध भएको छ ।

    शनिबार रातिदेखि परेको वर्षाका कारण पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।

    कर्णाली राजमार्गको कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने सडकमा पहिरो खस्दा यातायात अवरुद्ध भएको कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिनुभयो ।

    उहाँका अनुसार दैलेखमा शनिबार साँझदेखि नै यातायात अवरुद्ध छ भने कालीकोटको गगने र बिहानीको पहिरो हटाउने काम भइरहेको छ ।

    रातिदेखिको अविरल वर्षाले कर्णाली करिडोरअन्तर्गत पर्ने रास्कोट र पचाल झरनाको बीचमा पर्ने फुगाड खोला बढेकाले मोटरसाइकल र साना गाडी तर्न सकेका छैनन् ।

    पहिरोले सडक अवरुद्ध भएपछि कालीकोट हुँदै सुर्खेत जाने सवारी विभिन्न ठाउँमा रोकिएका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend