logo

२०८३ कार्तिक १० सोमबार

सहिद दशरथ चन्द विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न लाग्छौँः मुख्यमन्त्री शाह

सहिद दशरथ चन्द विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न लाग्छौँः मुख्यमन्त्री शाह


खबर सर्कल
  • सोमबार, २ भाद्र २०८२
  • 1.3K
    SHARES

    कैलाली, २ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरी नगरपालिका–५ स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई गतिशीलता प्रदान गर्न आफूले सक्दो पहलगर्ने बताउनुभएको छ ।

    आज यहाँ सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले सङ्घ सरकारसँगको संवाद र छलफलबाट विश्वविद्यालयलाई गतिशीलता प्रदान गरिने बताउनुभयो । मुख्यमन्त्री शाहले सङ्घ सरकारसँग निरन्तर संवाद गरेर पदाधिकारी नियुक्ति, बजेट तथा संरचना व्यवस्थापनमा पहल गरिने बताउनुभयो ।

    केही दिनअघि विश्वविद्यालयबारे प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसँग छलफल गरेको उहाँले जानकारी दिनुभयो । समितिले चालु आर्थिक वर्षमा नै चिकित्सा शिक्षा (एमबीबीएस) अध्ययनका लागि सिट सङ्ख्या निर्धारण गर्ने प्रक्रिया सुरु गर्न र ६०० शय्याको अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार भए तत्काल तीन सय शय्यामा अस्पताल सञ्चालन गर्न पहलका लागि मुख्यमन्त्री शाहलाई आग्रह गरेको छ ।

    ऐनअनुसार विश्वविद्यालयसभा गठन र पदाधिकारी नियुक्ति गरी रोजगारी, व्यवसाय, पर्यटन र आर्थिक रूपान्तरणमा योगदान पुर्याउँने गरी यथाशीघ्र काम अगाडि बढाउन सङ्घर्ष समितिले आग्रह गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend