logo

२०८३ कार्तिक १० सोमबार

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा

हेटौँडा–काठमाडौँ सडक पूर्ण रूपमा सञ्चालनमा


खबर सर्कल
  • मंगलबार, ३ भाद्र २०८२
  • 1.2K
    SHARES

    बागमती, ३ भदौः हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भिमफेदी–सिस्नेरी–काठमाडौँ सडक सञ्चालनमा आएको छ ।

    उक्त सडक खण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

    सडकमा माथिबाट पहिरो खस्दा उक्त सडक शनिबारदेखि अबरुद्ध भएको थियो ।

    अबरुद्ध सडकबाट पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक अर्यालले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend