logo

२०८३ कार्तिक १० सोमबार

छायानाथ अल्ट्रा म्याराथन असोजमा

छायानाथ अल्ट्रा म्याराथन असोजमा


खबर सर्कल
  • मंगलबार, ३ भाद्र २०८२
  • 1.1K
    SHARES

    मुगु, ३ भदौः जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले आगामी असोज ६ देखि ८ गतेसम्म मुुगुम कार्मारोङ गाउँपालिकाले पहिलोपटक छायानाथ अल्ट्रा म्याराथन आयोजना गर्ने भएको छ ।

    पालिका अध्यक्ष छिरिङक्याम्ने लामाका अनुसार म्याराथनमा प्रथम हुने धावकलाई नगद रु पाँच लाख, द्वितीयलाई रु दुई लाख ५० हजार र तृतीयलाई रु एक लाख ५० हजार प्रदान गरिने छ ।

    प्रतियोगिताका निम्ति रु ३० लाख विनियोजन गरिएको छ ।

    बयालीस दशमलव दुई किलोमिटर दौड समुद्र सतहबाट दुई हजार २६३ मिटरबाट प्रारम्भ भई चार हजार ८२० मिटरसम्म हुने छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend