logo

२०८३ कार्तिक १० सोमबार

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध

पहिरोले महाकाली लोकमार्ग अवरुद्ध


खबर सर्कल
  • मंगलबार, ३ भाद्र २०८२
  • 1.2K
    SHARES

    खलङ्गा (दार्चुला), ३ भदौः सडकमाथिबाट खसेको पहिरोले महाकाली राजमार्गअन्तर्गत खलङ्गा–गोकुलेश्वरखण्ड अवरुद्ध भएको छ । मालिकार्जुन गाउँपालिका–३ रनेबास क्षेत्रमा आज बिहान परेको भीषण वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

    राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन खलङ्गाबाट उपकरण मगाएइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो ।

     

    R.S.S

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend