logo

२०८३ कार्तिक १० सोमबार

पाठ्यक्रम परिमार्जन गर्न स्वास्थ्य मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण

पाठ्यक्रम परिमार्जन गर्न स्वास्थ्य मन्त्रालयद्वारा प्रतिवेदन हस्तान्तरण


खबर सर्कल
  • मंगलबार, ३ भाद्र २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, ३ भदौः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विद्यालय तहको स्वास्थ्य शिक्षालाई समयानूकुल, वैज्ञानिक र प्रभावकारी बनाउन पाठ्यक्रम परिमार्जनका लागि तयार पारेको समीक्षा प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रलाई हस्तान्तरण गरेको छ ।

    आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उक्त प्रतिवेदन पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेललाई हस्तान्तरण गर्नुभयो । स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उक्त प्रतिवेदन तयार पारेको हो ।

    प्रतिवेदनले कक्षा १ देखि १२ सम्मको वर्तमान स्वास्थ्य पाठ्यक्रमको विस्तृत समीक्षा गर्दै बदलिँदो जीवनशैली, स्वास्थ्य चुनौती र राष्ट्रिय स्वास्थ्य नीतिहरूलाई समेट्ने गरी पाठ्यक्रम सुधारका लागि सुझावहरू सिफारिस गरेको छ ।

    मन्त्री पौडेलले नागरिकलाई स्वस्थ जीवनशैलीको बानी विकास गर्ने पहिलो आधार र जग विद्यालय शिक्षा भएको बताउँदै स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको समन्वयले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “स्वास्थ्य केवल अस्पतालमा उपचार गर्ने विषय मात्र होइन, यो हरेक घर र विद्यालयबाट सुरु हुने चेतना हो । हाम्रा बालबालिकालाई सानै उमेरदेखि सही स्वास्थ्य जानकारी दियौँ भने उनीहरू आफ्नो र परिवारको मात्र होइन, सिङ्गो समाजकै स्वास्थ्यका लागि परिर्वतनका संवाहक बन्न सक्छन् ।”

    पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले स्वास्थ्य मन्त्रालयको अग्रसरतामा तयार पारिएको प्रतिवेदनबारे प्रशंसा गर्दै स्वास्थ्यजस्तो प्राविधिक र संवेदनशील विषयमा सम्बन्धित मन्त्रालयबाटै प्राप्त सुझावहरू अत्यन्त मूल्यवान् रहेको बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend