logo

२०८३ कार्तिक १० सोमबार

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


खबर सर्कल
  • मंगलबार, ३ भाद्र २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, ३ भदौः राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सदस्य शारदादेवी भट्टले इजरायलबाट हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयासलाई अझ घनीभूत बनाउनुपर्नेमा जोड दिनुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नरबहादुर विष्टले पनि विपिनको मुक्तिका निम्ति राज्यसंयन्त्र लाग्नुपर्ने माग गर्नुभयो ।

    नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर राष्ट्रनिर्माण गर्नुपर्छ भन्नुभयो ।

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की सावित्री मल्लले कर्णाली प्रदेशका १० जिल्लाबाट तुइन विस्थापन गर्न माग गर्नुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend