logo

२०८३ कार्तिक १० सोमबार

नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै

नीलबाराही क्षेत्र संरक्षण तत्काल थालिँदै


खबर सर्कल
  • बुधबार, ४ भाद्र २०८२
  • 1.4K
    SHARES

    भक्तपुर, ४ भदौः मध्यपुरथिमि नगरपालिकाले वडा–९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार मध्यपुरथिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा गर्ने भएका छन् ।

    नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले आज राससलाई यसबारे जानकारी दिदै मन्दिरको पूर्व र पश्चिमतर्फ भूक्षय नियन्त्रणका लागि गुरुयोजना पारित गरिएको छ भने रु २० करोड विनियोजन भएको बताउनुभयो । तत्काल काम थालिने जानकारी पनि उहाँले दिनुभयो ।

    नगरप्रमुख श्रेष्ठले भन्नुभयो, “आगामी दुई वर्षभित्रमा यो परियोजना सम्पन्न गर्नेछाँै । त्यसपछि नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास हुनेछ । नीलबाराहीको ५०० रोपनीको सीमाङ्कन गर्नेछौँ ।”

    नगरपालिकाले उक्त परियोजनाबारे मङ्गलबार सर्वसाधारणलाई जानकारी दिँदै नक्सासहितको ‘डिजाइन’ सार्वजनिक गरेको थियो ।

    त्यस अवसरमा नीलबाराही संरक्षणका अभियन्तासँग सहकार्य गरिने जानकारी दिइएको थियो ।

    पहिरोको जोखिममा रहेको नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका निम्ति स्थानीयले अभियान सञ्चालन गरेका थिए ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend