logo

२०८३ कार्तिक १० सोमबार

टप एण्ड टी–२० सिरिज : मेलबर्न रेनेगेड्स विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

टप एण्ड टी–२० सिरिज : मेलबर्न रेनेगेड्स विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


खबर सर्कल
  • बुधबार, ४ भाद्र २०८२
  • 1.4K
    SHARES

    काठमाडौँ, ४ भदौ : अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत आफ्नो पाँचौँ मेलबर्न रेनेगेड्स एकेडेमी विरुद्धको खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

    डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा भरखरै भएको टसमा नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन् । यससँगै मेलबर्न रेनेगेड्स एकेडेमीले पहिला बलिङ गर्नेछ ।

    नेपालले हालसम्म खेलको चार खेलमा एक खेलमा जित तथा तीन खेलमा पराजय भोगेको छ ।

    नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बङ्गलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो ।

    त्यस्तै तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।

    मंगलबार भएको आफ्नो चौथो खेलमा भने नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाइ ६६ रनले पराजित गर्दै विजयी भएको हो । आज नेपालले आफ्नो जितलाई निरन्तरता दिने लक्ष्यमा रहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend