logo

२०८३ कार्तिक १० सोमबार

लागुऔषधसहित सात युवक पक्राउ

लागुऔषधसहित सात युवक पक्राउ


खबर सर्कल
  • बिहिबार, ५ भाद्र २०८२
  • 1.5K
    SHARES

    चितवन, ५ भदौः जिल्ला प्रहरी कार्यालयले १७ हजार ४०० थान क्याप्सुल लागुऔषध ट्रामाडोलसहित सात युवकलाई पक्राउ गरेको छ ।

    भरतपुर महानगरपालिका–९ केन्द्रीय ‘बस टर्मिनल’ नजिकबाट उनीहरुलाई आज बिहान पक्राउ गरिएको हो ।

    उक्त कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार एक होटलमा बसेर ट्रामाडोल बेचिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

    भारतको विहार राज्यको पश्चिम चम्पारण एक युवक पनि पक्राउ परेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend