logo

२०८३ कार्तिक १० सोमबार

तीस महिनापछि आफ्नै भवनमा उच्च अदालत

तीस महिनापछि आफ्नै भवनमा उच्च अदालत


खबर सर्कल
  • शुक्रबार, ६ भाद्र २०८२
  • 1.6K
    SHARES

    गलकोट (बागलुङ), ६ भदौः आफ्नै भवन नहुँदा जिल्ला अदालतको भवनबाट सेवा प्रवाह गरिरहेको उच्च अदालत पोखरा बागलुङ इजलासले बिहीबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको छ ।

    भवन निर्माणका लागि बागलुङ बजारको रुद्रेपीपलस्थित जिल्ला अदालतबाट ३० महिनादेखि सेवा प्रवाह गरिरहेको उच्च अदातलले नयाँ भवनबाट सेवा दिन थालेको छ ।

    उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार रामबहादुर थापाले सुविधासम्पन्न भवनबाट सेवा प्रवाहका साथै अभिलेखहरूको संरक्षण गर्न सहज भएको बताउनुभयो ।

    साढे छ तलाको आपाङ्गमैत्री भवनमा ‘अण्डरग्राउड पार्किङ’सँगै न्यायाधीश आवास निर्माण गरिएको छ । भवन रु ५७ करोडमा बनेको हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend