logo

२०८३ कार्तिक १० सोमबार

आमा समूहद्वारा क्यान्सरपीडितलाई सहयोग

आमा समूहद्वारा क्यान्सरपीडितलाई सहयोग


खबर सर्कल
  • शुक्रबार, ६ भाद्र २०८२
  • 1.2K
    SHARES

    गण्डकी, ६ भदौः पोखरा महानगरपालिका–१७ घारीपाटनमा रहेको शुभकामना आमा समूहले क्यान्सरपीडित सदस्यलाई आर्थिक सहयोग गरेको छ ।

    समूहको २३औँ वार्षिक साधारणसभा तथा हरितालिका तीजका अवसरमा आयोजित तीज विशेष कार्यक्रममा आज चार जना क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको हो ।

    उहाँहरूलाई जनही रु २५ हजारका दरले रु एक लाख सहयोग गरिएको हो । कार्यक्रममा समूहका ज्येष्ठ सदस्य, दश जोड दुई परीक्षा उत्तीर्ण छात्रछात्र र समूहलाई आर्थिक सहयोग गर्नेलाई सम्मान गरिएको थियो ।

    साधारणसभाले समूहका सचिव सिर्जना खनाल र कोषाध्यक्ष निरमाया क्षेत्रीले प्रस्तुत गर्नुभएको साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गरेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend