logo

२०८३ कार्तिक १० सोमबार

अलैँचीको निर्यात दोब्बरले बढ्यो

अलैँचीको निर्यात दोब्बरले बढ्यो


खबर सर्कल
  • शुक्रबार, ६ भाद्र २०८२
  • 1.6K
    SHARES

    भद्रपुर (झापा), ६ भदौः मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा रु ३२ करोड १७ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको हो ।

    गत एक महिनाको अवधिमा २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । अघिल्लो आव २०८१÷८२ मा रु १६ करोड १२ लाख ५२ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।

    कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा चिया निर्यात २६ दशमलव ८० प्रतिशतले घटेको छ । सो अवधिमा रु ३७ करोड ४८ लाख २४ हजार बराबरको चिया निर्यात भएको छ ।

    अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को सोही अवधिमा रु ५१ करोड २२ लाख ७८ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईंले जानकारी दिनुभयो ।

    कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरुमा भेनियर सिट ३० दशमलव ४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अन्य अवशेष शत् प्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले वृद्धि भएको छ ।

    यसैगरी, प्लाइउड ५४ दशमलव १० प्रतिशत, अदुवा ५७ दशमलव ४० प्रतिशत, अम्रिसो शून्य दशमदव ६० प्रतिशतले निर्यातमा कमी आएको छ । मेची भन्सारबाट आर्थिक वर्ष २०८२÷८३ को साउन महिनामा रु तीन अर्ब ६९ करोड ४० लाख २३ हजारको मालवस्तु निर्यात भएको छ ।

     

    R.S.S

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend