logo

२०८३ कार्तिक १० सोमबार

कृषि र शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा

कृषि र शिक्षा समितिको प्रतिवेदन प्रतिनिधिसभामा


खबर सर्कल
  • शुक्रबार, ६ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, ६ भदौः प्रतिनिधिसभाको आजको बैठकमा दुईवटा समितिका प्रतिवेदन पेस गरिएका छन् ।

    सभामा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुभएको छ ।

    यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ पेस गर्नुभएको हो । दुवै प्रतिवेदन सम्बन्धित समितिले बिहीबार पारित गरेका थिए ।

    बहुप्रतिक्षित शिक्षा विधेयकमा समितिले ६० अङ्क शिक्षक आफैँले दिन सक्नेगरी व्यवस्था गरिएको छ ।

    विद्यालयका कर्मचारीको तलब सम्बन्धित स्थानीय तहले बनाएको कानुनअनुसार हुनेगरी निर्धारण गरिएको छ ।

    यस्तो तलब सङ्घीय कानुनले तोकेको न्यूनतम् पारिश्रमिकभन्दा कम नहुने व्यवस्था मिलाइएको पनि सभापति थापाले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend