logo

२०८३ कार्तिक १० सोमबार

नेपाल नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच आँखा उपचारमा सहकार्य

नेपाल नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच आँखा उपचारमा सहकार्य


खबर सर्कल
  • शनिबार, ७ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, ७ भदौः नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौँ विश्वविद्यालय अस्पताल (डीएच–केयूएच)बीच आँखा स्वास्थ्य, शैक्षिक तालिम र अनुसन्धान प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    समझदारीपत्रमा धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा विराजमान कर्माचार्य र नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले शुक्रबार द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो ।

    सम्झौताअनुसार धुलिखेल अस्पतालका आवासीय चिकित्सक र नेत्र विशेषज्ञलाई एनएनजेएस अन्तर्गतका विभिन्न अस्पतालमा तालिम, अनुसन्धान र बाह्य कार्यक्रममा सहभागी गराइनेछ ।

    सोहीअनुरूप काठमाडाँै विश्वविद्यालयका ग्लोबल हेल्थ तथा एपिडेमियोलोजी विषयका विद्यार्थीलाई पनि एनएनजेएसमा शैक्षिक आदान–प्रदान, अध्ययन भ्रमण र अनुसन्धानमा सहभागी गराउने व्यवस्था गरिएको छ ।

    नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रकाअनुसार दुई संस्थाकाबीच संयुक्त अनुसन्धान र सहप्रकाशनसमेत हुने छ ।

    अठ्ठाइस आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत नेपाल नेत्रज्योति सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend