logo

२०८३ कार्तिक १० सोमबार

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध


खबर सर्कल
  • शनिबार, ७ भाद्र २०८२
  • 1.7K
    SHARES

    भरतपुर, ७ भदौः सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

    आज बिहान ६ः३५ बजेको समयमा इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा चट्टानसहितको सुक्खा पहिरो खस्दा सडकखण्ड दुइतर्फी अवरुद्ध भएको हो । सडक सुचारुका लागि इलाका प्रहरी कार्यालय मुग्लिनको विपद् व्यवस्थापन टोली खटिएको प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम सुरु भएको छ ।

    पहिरोका कारण गन्तव्यमा हिडेका सवारीसाधन रोकिएका छन् । यस सडकखण्ड पहिरोका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

     

    R.S.S

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend