logo

२०८३ कार्तिक १० सोमबार

जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक

जनकपुरमा आयोजना हुने सुशासन सम्मेलनबारे परामर्श बैठक


खबर सर्कल
  • आइतबार, ८ भाद्र २०८२
  • 1.4K
    SHARES

    महेन्द्रनगर (धनुषा), ८ भदौः मधेस प्रदेश सरकारले अगामी असोजमा आयोजना गर्ने सुशासन सम्मेलनको तयारीका लागि अन्तरराष्ट्रिय गैरसरकारी संस्था र विकास साझेदारसँग परामर्श गरेको छ ।

    मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा आज यहाँ बसेको परामर्श बैठकले आगामी असोज २ र ३ गते जनकपुरमा हुने सम्मेलन उपलब्धिमूलक बनाउन सहयोगका लागि सबैलाई आग्रह गरेको हो ।

    सम्मेलन उपलब्धिमूलक बनाउन सहकार्यका सम्भावित क्षेत्रहरु पहिचान गर्न समन्वयात्मक बैठकको आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

    बैठकमा सहभागी नेपाल बौद्धिक प्रतिष्ठानका अध्यक्ष विष्णु कँुवरले प्रदेशमा पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनको सफलताका लागि खेल्नुपर्ने भूमिका विषयमा छलफल भएको बताउनुभयो ।

    बैठकमा युनिसेफ, प्लान इन्टरनेसनल, पिपुल इन निडलगायत संस्थाहरुको उपस्थिति रहेको मन्त्रालयका सचिव विमल बरालले जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend