logo

२०८३ कार्तिक १० सोमबार

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छः मन्त्री न्यौपाने

जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्छः मन्त्री न्यौपाने


खबर सर्कल
  • आइतबार, ८ भाद्र २०८२
  • 1.4K
    SHARES

    दमौली (तनहुँ), ८ भदौः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले जनतालाई खुसी बनाउने गरी सेवालाई चुस्त बनाउनुपर्ने बताउनुभएको छ ।

    तनहुँको शुक्लागण्डकी नगरपालिकाले आज यहाँ आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा उहाँले सार्वजनिक निकायबाट प्रवाह हुने सेवा पारदर्शी र सुशासनयुक्त हुनुपर्ने उल्लेख गर्नुभयो ।

    राजनीति गर्नेका लागि जनता नै सबैभन्दा माथि रहने भन्दै मन्त्री न्यौपानेले जनताको सुविधाका लागि जनप्रतिनिधिले काम गर्नुपर्नेमा जोड थियो । उहाँले सार्वजनिक निकायबारे जनताले उठाएका प्रश्न सम्बोधन गर्नेतर्फ जनप्रतिनिधि लाग्नुपर्ने बताउनुभयो ।

    मन्त्री न्यौपानेले भन्नुभयो, “जनता खुसी र सुखी हुनुपर्छ । सार्वजनिक निकायले पारदर्शी भएर सेवालाई चुस्त दुरुस्त बनाउन लाग्नुपर्छ । जनताले गर्ने प्रश्नबाट भाग्ने होइन समाधान गर्ने हो ।”

    उहाँले विकासका कामले गति लिए पनि जनता यत्तिमै सन्तुष्ट नरहेकाले गति बढाउन लाग्नुपर्ने धारणा राख्नुभयो ।

    मन्त्री न्यौपानेले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकाले समाजलाई नकारात्मक सन्देश प्रवाह भइरहेको भन्दै प्रविधिको दुरुपयोग रोक्न आवश्यक रहेको बताउनुभयो ।

    त्यस क्रममा शुक्लागण्डकी नगरपालिका प्रमुख कृष्णराज पण्डितले नगरपालिकाले प्रवाह गरिरहेको सेवाका बारेमा मन्त्री न्यौपानेलाई जानकारी गराउनुभएको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend