logo

२०८३ कार्तिक १० सोमबार

ठगी गर्ने दुई जना पक्राउ

ठगी गर्ने दुई जना पक्राउ


खबर सर्कल
  • मंगलबार, १० भाद्र २०८२
  • 1.3K
    SHARES

    काठमाडौँ, १० भदौः वैदेशिक रोजगारीका लागि इजरायल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २८ वर्षीय सुसन ताम्राकार र काठमाडौँ महानगरपालिका–१५ का ५० वर्षीय योगेन्द्र घले रहेका छन् ।

    पक्राउ परेकामध्ये सुसनले इजरायल पठाइदिन्छु भन्दै एक पीडितबाट रु १२ र योगेन्द्रले जापान पठाइदिन्छु भन्दै अर्का एक पीडितबाट रु ६ लाख लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठामाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले सुसनलाई काठमाडौँ महानगरपालिका–९ बाट आइतबार र योगेन्द्रलाई काठमाडौँ महानगरपालिका–१० बाट सोमबार पक्राउ गरेको हो ।

    दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend