काठमाडौँ, १० भदौ : हरितालिकाका अवसरमा प्रथम महिला सविता पौडेलले भगवान् पशुपतिनाथको पूजार्चना गर्नुभएको छ ।
उहाँलाई मन्दिरका मूलभट्ट गणेश रावल भट्टले टीकाप्रसाद प्रदान गर्नुभयो । प्रथम महिला पौडेललाई पशुपति मन्दिर प्राङगणमा पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीलगायत पदाधिकारीले स्वागत गर्नुभएको थियो ।
आराध्यदेव पशुपतिनाथको दर्शन गर्न हजारौँ महिला लामबद्ध छन् । मध्याह्नपछि घुइँचो बढेको छ ।
व्रत बसेका महिला पशुपतिनाथ मन्दिरको बाहिरी क्षेत्रमा नाचगानका साथ मनोरञ्जन पनि गरिरहेका छन् ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend