logo

२०८३ कार्तिक १० सोमबार

कांग्रेसले न्यौपानेलाई राज्यव्यवस्था समितिको उम्मेदवार बनाउने

कांग्रेसले न्यौपानेलाई राज्यव्यवस्था समितिको उम्मेदवार बनाउने


खबर सर्कल
  • मंगलबार, १० भाद्र २०८२
  • 2.7K
    SHARES

    काठमाडौँ, १० भदौः नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति पदमा ईश्वरीदेवी न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको पार्टीका शीर्ष नेताको बैठकले सो निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले राससलाई जानकारी दिनुभयो ।

    बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र शर्मा उपस्थित हुनुहुन्थ्यो ।

    नयाँ सभापतिका लागि यही भदौ ११ गते निर्वाचन हुँदैछ ।

    आज दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म उम्मेदवार मनोनयन गर्ने कार्यतालिका रहेको संसद् सचिवालयले जनाएको छ ।

    कांग्रेस सांसद रामहरि खतिवडाले सभापतिबाट राजिनामा दिएपछि उक्त पद रिक्त थियो ।

     

    R.S.S

     

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend