logo

२०८३ कार्तिक १० सोमबार

श्रमिकहरूको अधिकार संरक्षणका निरन्तर क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री सिंह

श्रमिकहरूको अधिकार संरक्षणका निरन्तर क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री सिंह


खबर सर्कल
  • मंगलबार, १० भाद्र २०८२
  • 1.5K
    SHARES

    जनकपुर, १० भदौ : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले श्रमिकहरूको अधिकार संरक्षणमा कुनै कमजोरी हुन नदिन विदेशस्थित नेपाली कूटनीतिक नियोग क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।

    मलेसियास्थित नेपाली दूतावासमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विदेशमा रहेर नेपालको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्ने श्रमिकको अधिकारका लागि दूतावासले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

    मुख्यमन्त्रीको सचिवालयका अनुसार विशेषगरी मलेसियामा नेपाली सेक्युरिटी गार्डहरूमाथि भइरहेको श्रम शोषण र अन्यायपूर्ण व्यवहारबारे गम्भीरतापूर्वक ध्यान दिन मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ ।

    यस अवसरमा मुख्यमन्त्री सिंहसँगै जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ र सर्लाही जिल्ला इञ्चार्ज श्रीचन यादव पनि सहभागी हुनुभएको मुख्यमन्त्री सचिवालयले जनाएको छ ।

    छलफलमा नेपाली राजदूत डा नेत्रप्रसाद तिमिल्सिना, दूतावासका कर्मचारी, एनआरएनए मलेसियाका अध्यक्ष राकेशप्रसाद महतोसहित पदाधिकारीहरू, एनआरएमए मलेसियाका अध्यक्ष महेश यादव ‘निराला’ तथा मलेसियामा कार्यरत श्रमिक प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend