logo

२०८३ कार्तिक १० सोमबार

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार


खबर सर्कल
  • बुधबार, ११ भाद्र २०८२
  • 1.3K
    SHARES

    दमौली (तनहुँ), ११ भदौ : एक वर्षमा जिल्लाका तीन हजार घरमा खानेपानी सुविधा विस्तार भएको छ ।

    खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा जिल्लाका दुई हजार ९२७ घरमा खानेपानी सुविधा विस्तार गरेको हो ।

    कार्यालय प्रमुख शम्भुराज खनालका अनुसार गण्डकी प्रदेश सरकारमार्फत दुई हजार २२१, सङ्घ सरकार सशर्त कार्यक्रमबाट दुई सय २६ र विशेष अनुदानमार्फत चार सय ८० घरमा खानेपानी सुविधा विस्तार भएको छ । अघिल्लो आवमा जिल्लाका दुई हजार घरमा खानेपानी सुविधा पुगेको थियो ।

    आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका चार हजार ३०० घरमा खानेपानी सुविधा विस्तार गर्ने कार्यालयको लक्ष्य रहेको प्रमुख खनालले बताउनुभयो । कार्यालयका लागि आव २०८१÷८२ मा पुँजीगततर्फ रु ४३ करोड दुई लाख बजेट विनियोजन भएकामा रु ३९ करोड ४६ लाख ९१ हजार खर्च भएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend