logo

२०८३ कार्तिक १० सोमबार

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध

सडक भासिएपछि कर्णाली राजमार्ग अवरुद्ध


खबर सर्कल
  • बुधबार, ११ भाद्र २०८२
  • 1.4K
    SHARES

    जुम्ला, ११ भदौः सडक भासिएपछि कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला खण्ड अवरुद्ध भएको छ ।

    कालिकोटको कालेखोलामा सडक भासिएपछि यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । गए राति सडक भासिएको जानकारी प्राप्त भएपछि मर्मतसम्भारका लागि उपकरणसहित आवश्यक जनशक्ति परिचालन गरिएको सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्रकुमार चौधरीले राससलाई जानकारी दिनुभयो ।

    उहाँले मर्मतसम्भारको काम पूरा गर्न केही समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न सम्बद्ध सबैलाई अनुरोध गर्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend