logo

२०८३ कार्तिक १० सोमबार

दाङमा हत्या गरी लुकाइएको अवस्थामा शव फेला

दाङमा हत्या गरी लुकाइएको अवस्थामा शव फेला


खबर सर्कल
  • शुक्रबार, १३ पुष २०८०
  • 1.6K
    SHARES

    बुटवल । दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो । केसीको शव बंगलाचुली गाउँपालिका ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र लुकाइएको अवस्थामा फेला प्रहरीले जनाएको छ।

    केसी पुस ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिँडेको र सोहि दिन नै उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।  केसीको हत्या गरेको आरोपमा प्रहरीले बंगलाचुली गाउँपालिका ४ गदारी निवासी ४३ वर्षीय शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कुँवरलाई भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिएको छ ।

    उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाइसकेको छ । घट्नाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यलय दाङका एसपी रामबहादुर केसीले बताए ।

    श्रोत:रातोपाटी

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend