logo

२०८३ कार्तिक १० सोमबार

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो

अण्डा उत्पादन घट्यो, मूल्य बढ्यो


खबर सर्कल
  • बुधबार, ११ भाद्र २०८२
  • 1.4K
    SHARES

    चितवन, १० भदौः चाडपर्व सुरु भएसँगै अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्यसमेत बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढेको जनाएको छ ।

    विभिन्न फार्महरूको दररेटका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आगामी बिहीबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) रु ५४५ र मझौला अण्डाको रु ५३० कायम गरिएको छ ।

    यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा रु २३ कायम गरिएको छ । नेपालमा हाल अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६.५६ रुपैयाँ रहेको छभने नयाँ मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८.१६ रुपैयाँमा पाउने भएका छन् ।

    लामो समयदेखि लागत मूल्यसमेत नपाएका किसानले राहत महसुस गरेका छन् । यसवर्ष साउन महिनामासमेत माग नघटेको र क्रमशः अण्डाको मूल्य बढ्दै जाने अध्यक्ष पोखरेलले बताउनुभयो । अहिले लागत मूल्य पाए पनि धेरै किसान विस्थापित भइसकेका छन् ।

    उहाँले हाल कुखुरा पालिरहेका किसानसमेत विगतको नोक्सानका कारण सङ्कटमा रहेको बताउनुभयो ।

    नेपाल अण्डा उत्पादक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले दैनिक ४० लाखभन्दा बढी अण्डा उत्पादन हुने गरेकामा हाल २२ लाखको हाराहारीमा झरेको जानकारी दिनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend