logo

२०८३ कार्तिक १० सोमबार

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई


खबर सर्कल
  • शनिबार, १४ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १४ भदौ : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएपछि उहाँको अनुपस्थितिमा सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा उहाँले गर्ने दैनिक प्रशासनिक कार्यका लागि सिंहलाई कार्यवाहक तोकिएको राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend