logo

२०८३ कार्तिक १० सोमबार

चिलिमे विद्युत् केन्द्र बन्द

चिलिमे विद्युत् केन्द्र बन्द


खबर सर्कल
  • शनिबार, १४ भाद्र २०८२
  • 1.5K
    SHARES

    रसुवा, १४ भदौः राष्ट्रिय प्रसारण लाइनमा समस्या भएपछि चिलिमे जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् आपूर्ति बन्द भएको छ । कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो ।

    चिलिमे जलविद्युत् केन्द्रका अनुसार टावर मर्मत गरेर आजै साँझसम्ममा केन्द्र पुनःसञ्चालन गर्ने लक्ष्य छ ।

    टावर मर्मतका लागि काठमाडौँबाट रसुवाका निम्ति प्राविधिकहरु प्रस्थान गरिसकेका छन् ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend