logo

२०८३ कार्तिक १० सोमबार

बागलुङमा राजमार्ग केन्द्रित कृषि तथा पशुपालन कार्यक्रम

बागलुङमा राजमार्ग केन्द्रित कृषि तथा पशुपालन कार्यक्रम


खबर सर्कल
  • शनिबार, १४ भाद्र २०८२
  • 1.6K
    SHARES

    गलकोट (बागलुङ), १४ भदौः बजारीकरणमा सघाउने उद्देश्यले कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई केन्द्रित गरी पशु तथा कृषि विकाससम्बन्धी नयाँ कार्यक्रम सार्वजनिक गरेका छन् ।

    पशुपालनका साथै कृषि उत्पादकत्व बढाउन तथा बजारीकरणमा किसानलाई सघाउने ती कार्यक्रमका निम्ति रु ४० लाख विनियोजन भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेश्वर सिलवालले राससलाई बताउनुभयो ।

    चालु आर्थिक वर्षमा भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले कालीगण्डकी करिडोर केन्द्रित पशुपन्छी तथा मत्स्य उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका लागि रु २० लाख विनियोजन गरेको छ भने कृषि ज्ञान केन्द्रले पनि मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर केन्द्रित कृषि उत्पादन तथा प्रवर्द्धन कार्यक्रमका निम्ति रु २० लाख विनियोजन गरेको छ ।

    कृषिउपज, माछामासु, अण्डा र दूधको बजारीकरणमा सघाउनु कार्यक्रमको मुख्य उद्देश्य हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend