logo

२०८३ कार्तिक १० सोमबार

आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौँः वरिष्ठ नेता गौतम

आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौँः वरिष्ठ नेता गौतम


खबर सर्कल
  • शनिबार, १४ भाद्र २०८२
  • 1.6K
    SHARES

    सुदूरपश्चिम, १४ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

    आज धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले २०८४ को निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउने आफ्नो सङ्कल्पलाई साथ दिन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, “निर्वाचनमा बहुमत ल्याएर पार्टीकै नेतृत्वमा सरकार गठन गर्ने र नेपालमा गरिबी समाप्त पारेर समाजवाद निर्माणका लागि उदाहरण दिनसक्नुपर्छ ।”

    ‘एक व्यक्ति, एक जिम्मेवारी’ दिएर पार्टी अघि बढ्ने उहाँले बताउनुभयो । तत्कालीन नेकपाबाट बाहिरिएपछि नेकपा एकता अभियान चलाउनुभएका नेता गौतम केही समयअघि नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको थियो ।

    पार्टी प्रवेशपछि आज धनगढीमा भएको पार्टीको बैठकमा उहाँ पहिलोपटक सहभागी हुनुभएको हो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend