logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष

राष्ट्रकविका नाममा २७ लाखको अक्षयकोष


खबर सर्कल
  • आइतबार, १५ भाद्र २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, १५ भदौ: राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित पुरस्कार नियमित रूपमा प्रदान गर्ने उद्देश्यले रु २७ लाखको अक्षयकोष स्थापना भएको छ । मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेको अध्यक्षतामा शनिबार साँझ भएको बैठकले उक्त निर्णय गरेको हो ।

    अक्षयकोषका लागि राष्ट्रकविकी धर्मपत्नी महाकाली घिमिरेले रु १६ लाख र परिवारका अन्य सदस्यले उक्त रकम प्रदान गर्नुभएको हो ।

    प्रत्येक वर्ष राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर असोज ७ गते एक जना साहित्यकारलाई रु एक लाख नगद पुरस्कार प्रदान गरिने प्रतिष्ठानका कोषाध्यक्ष लक्ष्मण थापाले जानकारी दिनुभयो ।

    यसअघि कोषमा रु १६ लाख मौज्दात थियो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend