logo

२०८३ कार्तिक १० सोमबार

‘बैतडी घटनाबारे सदनलाई जानकारी होस्’

‘बैतडी घटनाबारे सदनलाई जानकारी होस्’


खबर सर्कल
  • सोमबार, १६ भाद्र २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, १६ भदौः राष्ट्रियसभाका सांसद पदम परियारले बैतडी जिल्लामा एक बालकको ज्यान जाने गरी भएको घटनाबारे संसद्लाई जानकारी दिनुपर्ने माग गर्नुभएको छ ।

    राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा दलीय आधारमा बोल्दै नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले घटना भएको लामो समयसम्म प्रहरी प्रशासनले दरखास्त नलिएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    उहाँले भन्नुभयो, “बैतडी जिल्लाको डिलासैनी गाउँपालिका–३ बस्ने वर्ष १३ का किरण कोलीको यही साउन १७ गते करेन्ट लागेर मृत्यु भयो, त्यसपछि कोलीकी आमा राजमतिले जिल्ला प्रहरी कार्यालय बैतडीमा घटनाबारे जाहेरी दरखास्त दिन कोसिस गर्नुभयो, तर जाहेरी दरखास्त लिन मानिएन, हुलाकबाट पठाएको जाहेरीबारे प्रहरी प्रशासनले सनाखत गरेको छैन, दरखास्त दर्ता हुन सकेको छैन ।

    प्रहरी प्रशासनले भने घटनास्थलको मुचुल्कासँग मेल नखाने किटानी जाहेरी आएपछि दर्ता नभएको जनाएको छ । उहाँले सोही ठाउँका स्थानीय बासिन्दा र राजनीतिक दलका नेताहरु पीडित परिवारलाई प्रलोभनमा पार्ने फकाउने र धम्काउने गरिएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद परियारले भन्नुभयो, “जाहेरी दर्ता गर्नुको सट्टा उल्टै स्थानीय नेताहरुले धम्काउने काम भएको छ, पीडितलाई जानकारी नै नदिइकन पीडितको खातामा अनाधिकृत रुपमा रु पाँच लाख जम्मा गर्ने काम भएको छ, घटना भएको ठाउँमा भएका सपुतहरु नष्ट गर्ने काम भएको छ, प्रहरी प्रशासनले सहयोग गरेको छैन ।”

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend