logo

२०८३ कार्तिक १० सोमबार

राति सवारीसाधन सञ्चालनमा रोक

राति सवारीसाधन सञ्चालनमा रोक


खबर सर्कल
  • सोमबार, १६ भाद्र २०८२
  • 1.7K
    SHARES

    बैतडी, १६ भदौः बैतडीमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    पहिरो र बाढीको सम्भावित जोखिमलाई मध्यनजर गरी मुख्य राजमार्ग तथा सहायक सडकमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

    विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन अनुरोध गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।

    गृहमन्त्रालयको आदेशअनुसार सो रोक लगाइएको हो । उहाँले भन्नुभयो, “अविरल वर्षा भइरहेकाले रातिको समयमा विपद्को जोखिम बढी हुन्छ ।

    त्यसैले विपद्को जोखिम रहँदासम्म आपत्कालीन अवस्थाबाहेक रातिको समयमा सवारीसाधन नचलाउन र रातको समयमा यात्रा नगर्न अनुरोध गरेका हौँ ।”

    यो नियम आज रातिदेखि लागू हुनेछ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend