logo

२०८३ कार्तिक १० सोमबार

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए

कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बोकेका २३ ट्रक रोकिए


खबर सर्कल
  • सोमबार, १६ भाद्र २०८२
  • 1.7K
    SHARES

    जुम्ला, १६ भदौः कालीकोटको गगनेखोलामा पहिरो खस्दा कर्णाली राजमार्ग बन्द भएकोे छ । गत आइतबारदेखि राजमार्ग पूर्ण रुपमा बन्द हुँदा जुम्लाबाट करिब १८४ मेट्रिक टन स्याउ बोकेर गएका २३ वटा ट्रक बाटोमै रोकिएका छन् ।

    ती ट्रक पहिरो गएको स्थान नजिकै रोकिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । करिब १३ करोड रुपैयाँ बराबरका स्याउ ती ट्रकमा छन् । अवरुद्ध सडक सञ्चालनका लागि पहल भइरहेको छ ।

    सडकमाथिबाट ठूला–ठूला ढुङ्गा खसेकाले सडक खोल्न समय लागेको जनाइएको छ । नेपाली सेना परिचालन गरी ढुङ्गा फुटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।

    दुई दिनदेखि सडक अवरुद्ध हुँदा यात्रुसमेत बिचल्लीमा परेको स्थानीयवासी कल्पना बुढाले बताउनुभयो ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend