logo

२०८३ कार्तिक १० सोमबार

यसवर्षको बिपी साहित्य पुरस्कार श्रष्टा डा शर्मालाई

यसवर्षको बिपी साहित्य पुरस्कार श्रष्टा डा शर्मालाई


खबर सर्कल
  • मंगलबार, १७ भाद्र २०८२
  • 1.5K
    SHARES

    काठमाडौँ, १७ भदौ : जननायक बिपी कोइराला स्मृति ट्रष्टद्वारा स्थापित बिपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकार डा बेन्जु शर्मा (काठमाडौँ) लाई अर्पण गरिने भएको छ ।

    सो पुरस्कारको राशिरु एक लाख सहित सम्मानपत्र रहेको छ । ट्रष्टको सोमबार बसेको पुरस्कार छनोट समितिको बैठकले यस वर्षको बिपी सेनानी सम्मान पुरस्कार, प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका अर्जुन खड्का (उदयपुर)लाई प्रदान गर्ने निर्णय गरेको छ ।

    उक्त पुरस्कारको राशि नगद रु ५१ हजार तथा सम्मानपत्र रहेको छ ।

    यी दुवै पुरस्कार जननायक बिपी कोइराला स्मृति ट्रष्ट पुरस्कार छनोट समितिका संयोजक रामचन्द्र पोखरेल, सदस्यद्वय किरण यादव र हरिप्रभा श्रेष्ठ खड्गीको निर्णयबाट प्रदान गर्ने निर्णय गरिएको हो ।

    दुवै सम्मान पुरस्कार राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा यही भदौ २४ गते राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने जनाइएको छ । गत वर्ष २०८१ को साहित्य सम्मान द्वारिका श्रेष्ठ (काठमाडौँ) र प्रजातन्त्र सेनानी सम्मान भोजराज भण्डारी (कास्की)लाई प्रदान गरिएको थियो ।

    यी सम्मान तथा नगद पुरस्कारहरू बिपी ट्रष्टले जननायक बिपी कोइरालाको शतवार्षिक वर्ष २०७१ बाट निरन्तर प्रदान गर्दै आइरहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend