काठमाडौँ, १७ भदौः निर्देशक दिनेश राउतको निर्देशनमा तयार हुनेभएको चलचित्र ‘कुमारी’को छायाङ्कन आजदेखि सुरू भएको छ । आज बिहान ललितपुरस्थित बङ्गलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै चलचित्र छायाङ्कन सुरू गरिएको निर्देशक राउतले जानकारी दिनुभयो ।
उहाँले ३५ दिनमा उक्त चलचित्रको छायाङ्कन सकाउने तयारीका साथ काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही समयको अन्तरालमा पुनःप्रेमकथानक चलचित्रलाई ठूलो पर्दामा ल्याउँदैछु । यसपटक नयाँ पुस्ताको कथालाई दर्शकले देख्न पाउनुहुनेछ ।
प्रेम कथा भएकाले यो साङ्गीतिक पनि हुनेछ ।” उहाँले यस चलचित्रमार्फत नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारीलाई अभिनय गराउँदै हुनहुन्छ । उहाँहरुसहित चलचित्रमा घनश्याम जोशी, सुनिता श्रेष्ठ, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनिषा शर्मालगायतको अभिनय रहनेछ ।
विनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको उक्त चलचित्रको पटकथा विकास सुवेदीले लेख्नुभएको हो ।
R.S.S
© 2026 All right reserved to nepalcircle.com | Site By : SobizTrend