logo

२०८३ कार्तिक १० सोमबार

एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय

एक तोला सुनको मूल्य दुई लाख सात हजार नौ सय


खबर सर्कल
  • बुधबार, १८ भाद्र २०८२
  • 1.1K
    SHARES

    राष्ट्रिय समाचार समिति (रासस)

    काठमाडौँ, १८ भदौः अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ ।

    यो मूल्य हालसम्मकै उच्च हो । मङ्गलबार प्रतितोला सुन रु दुई लाख पाँच हजार ९०० मा कारोबार भएकोमा आज प्रतितोला रु दुई हजार बढेको हो ।

    चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर रु दुई हजार ४८० कायम भएको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend