logo

२०८३ कार्तिक १० सोमबार

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी

प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी


खबर सर्कल
  • बुधबार, १८ भाद्र २०८२
  • 1.1K
    SHARES

    बेइजिङ (चीन), १८ भदौः प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सव विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी हुनुभएको छ । सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले समारोहमा उपस्थित राष्ट्रप्रमुख÷सरकारप्रमुखलाई स्वागत गर्नुभएको थियो ।

    प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक हुनुभयो । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिने सिलसिलामा उहाँ चीन भ्रमणमा हुनुहुन्छ ।

    चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कदै हुनुहुन्छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend