logo

२०८३ कार्तिक १० सोमबार

नेपाल कला तथा सांस्कृतिक उत्सव आयोजना गरिने

नेपाल कला तथा सांस्कृतिक उत्सव आयोजना गरिने


खबर सर्कल
  • बुधबार, १८ भाद्र २०८२
  • 1.6K
    SHARES

    काठमाडौँ, १८ भदौः नेपाल आर्ट काउन्सिल बबरमहलमा ‘रुट एण्ड रिफ्लेक्सन’ विषयक नेपाल कला तथा सांस्कृतिक उत्सव आयोजना गरिने भएको छ ।

    काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर र कीर्तिपुर नगरपालिका तथा नेपाल पर्यटन बोर्ड, होटल एशोसिएसन अफ नेपालको सहकार्यमा आयोजना हुने उत्सवमा इन्द्रजात्रा केन्द्रित कलाकृति समावेश हुने पूर्वअर्थराज्यमन्त्री एवं सांसद उदयशम्शेर राणाले जानकारी दिनुभयो ।

    आगामी शुक्रबारदेखि सुरु हुने उक्त उत्सव तीन साता चल्नेछ । राष्ट्रपति रामचन्द्र पौडेलले उत्सवको उद्घाटन गर्ने तयारी गरिएको आयोजकको भनाइ छ । उत्सवमा समावेश गरिने कलाकृति उत्कृष्ट र गुणस्तरीय रहनुका साथै सहुलियत मूल्यमा उपलब्ध हुने जानकारी दिइयो ।

    नेपाल होटल एसोसिसनका अध्यक्ष विनायक शाहले स्वदेशी नागरिकलाई कला र विदेशीलाई नेपालको कला र संस्कृतिकाबारेमा जानकारी दिने उद्देश्यले उत्सव आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनका माध्यमबाट आर्थिक समृद्धिका लागि उत्सवले योगदान पु¥याउँछ भन्ने हाम्रो ठहर हो ।”

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend