logo

२०८३ कार्तिक १० सोमबार

आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस

आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस


खबर सर्कल
  • शुक्रबार, २० भाद्र २०८२
  • 1.2K
    SHARES

    काठमाडौँ, २० भदौः ‘तीनै तहका सरकार मिली गरौँ हातेमालोः मानव बेचबिखनको हटाऔँ’ दुष्चक्रको जालो’ नाराका साथ आज मानव बेचबिखनविरुद्धको १९औँ राष्ट्रिय दिवस मनाइँदैछ ।

    यस अवसरमा आज शुभकामना सन्देश जारी गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले हरेक प्रकारको मानव बेचबिखन विशेष गरी बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभएको छ ।

    “मानव बेचबिखन तथा ओसारपसार एक जघन्य अपराध हो, यो सामाजिक रुपमा निन्दनीय, कानुनी रुपमा दण्डनीय छ । समाजको कलङ्कको रुपमा रहेको यस जघन्य अपराधको रोकथाम र नियन्त्रण गर्नका साथै मानव बेचबिखन तथा ओसारपसार पीडित तथा प्रभावितहरुको उद्धार, पुनःस्थापना, मनोपरामर्श सेवा तथा कानुनी उपचारका लागि नेपाल सरकारद्वारा विभिन्न कानुनी संरचनागत र संस्थागत प्रयास भइरहेका छन्”, सन्देशमा मन्त्री सुडीले भन्नुभएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend