logo

२०८३ कार्तिक १० सोमबार

भट्टराईको संयोजकत्वमा राजनीतिक प्रस्ताव लेखन समिति गठन

भट्टराईको संयोजकत्वमा राजनीतिक प्रस्ताव लेखन समिति गठन


खबर सर्कल
  • शनिबार, २१ भाद्र २०८२
  • 1.3K
    SHARES

    ललितपुर, २१ भदौः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव लेखनका लागि पार्टीका सचिव योगेश भट्टराईको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।

    आज सुरु भएको महाधिवेशनको बन्दसत्रमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको संयोजकत्वमा सात सदस्यीय लेखन समिति गठन गरिएको घोषणा गर्नुभयो । समितिको अन्य सदस्यमा स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, पोलिटब्युरो सदस्य ज्वाला साह, ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु उषाकला राई, सृजना काफ्ले र माधव ढुङ्गेल रहनुभएको छ ।

    समितिले मुलुकको समसामयिक राजनीतिक, आर्थिक, सामाजिक तथा जनजीविकाको चासोबारे महाधिवेशनको धारणा तय गर्ने संयोजक सचिव भट्टरार्ईले बताउनुभयो । एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend