logo

२०८३ कार्तिक १० सोमबार

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक


खबर सर्कल
  • सोमबार, २३ भाद्र २०८२
  • 1.1K
    SHARES

    काठमाडौँ, २३ भदौः युवा तथा खेलकुद मन्त्रालयले आम युवाको समग्र पक्षलाई सम्बोधन गर्ने गरी राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा हरिप्रसाद लम्साललगायले युवा नीति सार्वजनिक गर्नुभएको हो ।

    खेलकुदमन्त्री चाधरीले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवा मानिएको र सम्रग युवाको शिक्षा, स्वास्थ्य, रोजगारलगायतको विषय यस युवा नीतिमा समावेश गरिएको बताउनुभयो ।

    त्यस्तै मन्त्रालयका सचिव लम्सालले सात प्रदेश र विज्ञहरुसहित करिब एक हजारभन्दा बढी व्यक्तिको छलफलबाट उक्त नीति तयार गरिएको बताउनुभयो । उहाँले एआईलगायतका विभिन्न प्रविधि भित्रिएसँगै यसलाई सम्बोधन गर्न पनि नीति ल्याएको बताउनुभयो । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जेनजी पुस्तालाई पनि समेट्ने किसिमको युवा नीति आएको बताउनुभयो ।

    यस युवा नीतिमा युवाको सर्वाङ्गीण विकास गर्ने, राज्यको विकासमा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, राष्ट्रभाव भएका सदाचारी एवम् सुसंस्कृत युवा तयार गरी समुन्नत राष्ट्र निर्माणमा योगदान गर्ने लक्ष्य लिएको छ ।

    त्यसैगरी, गुणस्तरीय शिक्षामा युवाको पहँुच बढाउने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय श्रमबजारमा प्रतिस्पर्धी दक्ष युवा जनशक्ति तयार गर्न रोजगारमूलक शिक्षामा युवाको सहभागिता वृद्धि गर्नेलगायत शिक्षासँग सम्बन्धित नौवटा कार्यनीति ल्याएको छ ।

    त्यस्तै, घातक रोग, एचआइभी सङ्क्रमण, लागूऔषध दुव्र्यसन तथा कुलतमा परेका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्नेलगायत स्वास्थ्य क्षेत्रमा आठवटा नीति ल्याएको छ ।

    ‘डिजिटल’ समावेशीकरणको सिद्धान्तअनुरुप सूचना प्रविधिको प्रयोगमा सबै युवाको सहभागिता सुनिश्चित गर्दै सूचना प्रविधिको क्षेत्रलाई रोजगारीको मुख्य केन्द्रका रुपमा विकास गर्ने, खेलकुद क्षेत्रमा युवाको सहभागितालगायत विषय युवा नीतिमा समावेश गरिएको छ ।

     

    R.S.S

    प्रतिक्रिया
    अन्य समाचार

    © 2026 All right reserved to nepalcircle.com  | Site By : SobizTrend